सांसदलाई गाइड गर्न रास्वपाले दियो वाग्ले र अर्याललाई जिम्मेवारी

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १४ : २२
सांसदलाई गाइड गर्न रास्वपाले दियो वाग्ले र अर्याललाई जिम्मेवारी

काठमाडौँ । पार्टी र संसद्लाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ । संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतिलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिलाई जिम्मेवारी दिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीबाट सदनमा प्रस्तुत हुने विषयमा सांसदलाई उपसभापति अर्यालले प्रशिक्षित गराउने छन् । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा उपसभापति वाग्लेले रास्वपा सांसदलाई गाइड गर्ने छन् ।

झाका अनुसार हरेक दिनको संसद् बैठक अघि रास्वपा सांसदहरूको छलफल बोलाउने तयारी पार्टीले गरिरहेको छ । सोमबारबाट बस्ने संसद् बैठक अघि २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । गत शुक्रबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस