काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू बाँके, सुर्खेत र कपिलवस्तु जिल्लाका रहेका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले क.प्र.००२ प ३७६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको भेरिगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३३ मिलिग्रामसहित गुर्वाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय यमराज गिरी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.५ ख ७७०३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-४ चन्द्रमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय तपेन्द्र शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ७ सय २० ग्रामसहित प्युठान गौमुखी गाउँपालिका-३ बस्ने ३८ वर्षीया बासु घर्ती मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ