तनहुँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा तनहुँमा एक जना युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.०६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।
शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए । माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई तत्काल उपचारको लागि जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा तनहुँ ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खाँणको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु