भ्रष्टाचारले हरेक क्षेत्र तहसनहस बनायो : प्रकाशमान सिंह

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, ११ : ३०
भ्रष्टाचारले हरेक क्षेत्र तहसनहस बनायो : प्रकाशमान सिंह

काठमाडौं  । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले भ्रष्टाचारले हरेक क्षेत्र तहसनहस बनाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेता सिंहले संविधानले ब्यवस्था गरेअनुसार अधिकारको बाँडफाँड गर्नुपर्ने बताए ।

मधेश प्रदेशको लागि राज्यका हरेक ठाउँमा महत्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका जनताले उठाएका जायज मुद्दाको उचित सम्बोधन आफ्नो दलले मात्रै गर्ने दाबी गरे । कांग्रेस सिरहाले आज (शनिबार) समूदायमा कांग्रेस अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा नेता सिंहले यस्तोब ताएका हुन् ।

कांग्रेस यसपटक गाउँगाउँमा पुगेर जनताका पीर र मर्का सुनिरहेको भन्दै समूदायमा कांग्रेस अभियानबाट प्राप्त सुझाव र आलोचनालाई ग्रहण गरिने लागु गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस