नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका साथै आर्थिक समृद्धि हाँसिल गर्न दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
आज पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उनले पछिल्लो समय आर्थिक, समाजिक तथा विकासका एजेण्डा हराउँदै गएको बताए । उपाध्यक्ष पोखरेलले भने, “उद्योग, कृषि, पर्यटन विकासमा सरकारले विशेष जोड दिनु आवश्यक छ ।”
विदेश जानेको सङ्ख्या बढ्दै गएको हुँदा यसलाई रोक्न स्वदेशमा नै रोजगारी सिर्जना गर्न उपाध्यक्ष पोखरले जोड दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल