रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको ज्यादती र विकासविरोधी नीति हटाउन युवाहरुले सडकबाट दबाब दिनुपर्ने बताएका छन् । एमाले निकट राष्ट्रिय युवा संंघ रुपन्देही प्रचार विभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृति फुटसल प्रतियोगिता उद्घाटन गर्दै नेता पौडेलले अहिले देशको परिस्थिति झन्झन् जटिल अवस्थामा पुगेको बताए ।
गठबन्धन सरकारले युवा र जनताका आवश्यकता पूरा गर्नुको सट्टा विकासविरोधी गतिविधि गरेको उनको आरोप थियो ।‘दैनिक रुपमा युवाहरु विदेश पलायन हुने अवस्था सृजना भएको छ । सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु विदेश पलायन हुने अवस्था आएको हो’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न युवाहरुले सडकबाट सरकारलाई दबाब दिनुपर्छ । युवाहरुले खेलकुद, उद्योग, व्यवसाय, रोजगारीलगायतका क्षेत्रमा आफ्नो सक्षमता देखाउनुपर्छ ।’
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरुले राजनीतिमा मात्र नभई खेलकुदमा पनि समय व्यवस्थापन गर्नुपर्ने बताए । स्व. परमानन्द खरेलका छोरा किरणले खेलको माध्यमबाट युवा संघले बुवाको योगदानको जीवन्त बनाउने काम गरेकोमा आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल