साबित्राले फ्रान्सको शीर्ष क्लबबाट खेल्ने

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १३ : ०३
साबित्राले फ्रान्सको शीर्ष क्लबबाट खेल्ने

काठमाडौं । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । फ्रान्सेली डिभिजन वान फेमिनिनको क्लब एन अभान्त गेङगाम एफसीले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै भिडियो पोष्ट गरेको छ । 

उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट ब्यवसायीक यात्रा सुरु गरेकी थिईन् । उनी इजरायलको क्लब हापोएल रानानासँग अनुबन्धित भएकी थिईन् ।नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् ।

प्रतिक्रिया दिनुहोस