३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान

सुन तस्करी प्रकरण

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १६ : १९
३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान

काठमाडौँ । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् ।

 

‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले  बताए ।

२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।

अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधे–‘मलाई फेरी के गर्न थाल्नुभयो ?’ गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले गोरेलाई सिंहदरबारमै सार्वजनिक गरेको थियो । अहिले त्यही भवनमा आयोगले उनीसँग बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस