राष्ट्रपति पौडेल र एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टबीच भेट

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १५ : २५
राष्ट्रपति पौडेल र एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा. मार्टिन सुल्जबीच शिष्टाचार भेट भएको छ । शितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

उनले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस