प्रधान सेनापति शर्मा र बेलायती सेना प्रमुख सान्डर्सको भेट

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १२ : ५६
प्रधान सेनापति शर्मा र बेलायती सेना प्रमुख सान्डर्सको भेट

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा र बेलायती सेना प्रमुख जेनेरल प्याट्रिक सान्डर्सबीच भेटघाट भएको छ । प्रधान सेनापतिको कार्यकक्ष जंगी अड्डामा उनीहरूबीच भेटघाट भएको हो । भेटमा नेपाल र बेलायतबीच सदियौंदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच आपसी चासोका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

 

शिष्टाचार भेटघाटअघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।बेलायती सेना प्रमुख सोमबार नेपाल आएका थिए । उनी यही माघ २० गत फर्किने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस