प्रधानमन्त्री प्रचण्डसँग बेलायती सेना प्रमुख सान्डर्सको शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १२ : ४९
प्रधानमन्त्री प्रचण्डसँग बेलायती सेना प्रमुख सान्डर्सको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायती सेना प्रमुख जेनेरल प्याट्रिक सान्डर्सले शिष्टाचार भेट गरेका छन् । बेलायती सेना प्रमुख सान्डर्सले मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन् । 

भेटमा नेपाल र बेलायतबीच पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सेना प्रमुख सान्डर्सले आजै जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटघाट गरेका थिए । 

 

 

शिष्टाचार भेटघाटअघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।बेलायती सेना प्रमुख सोमबार नेपाल आएका थिए । उनी यही माघ २० गत फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस