काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् । सप्तरीमा समुदायमा काँग्रेस अभियानको क्रममा त्यहाँका नेता कार्यकर्ताले मधेशका मान्छेहरूलाई अवसर नदिने, कोटामा सीमित गरिदिने भन्दै प्रश्न उठाएपछि उनले आफूले फरक मत राखेको सुनाए ।
उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरू उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ । तपाईँहरूले जे कुरा उठाउनुभएको छ, मेरो फरक मतको मूल विषय पनि त्यही थियो । अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरूलाई काठमाडौँमा तपाईंहरुलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढङ्गले राख्नुपर्छ । राख्नेमात्रै होइन गराउने पनि हो ।’
उनले पार्टीको निर्णयबाट सिंगो देशको प्रतिनिधित्व गर्छौँ भनेर काँग्रेसले देखाउनुपर्ने बताए । महामन्त्री थापाले भने, ‘काठमाडौँमा ठूला नेताहरूको गुटमा लागेर केही काम छैन । सबैले आफ्नो घर वरिपरि घुमाएर तपाईँलाई थाङ्नामा सुताइदिने हो । त्यसैले आफ्नो घर आफैँले बलियो बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा