काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् । सप्तरीमा समुदायमा काँग्रेस अभियानको क्रममा त्यहाँका नेता कार्यकर्ताले मधेशका मान्छेहरूलाई अवसर नदिने, कोटामा सीमित गरिदिने भन्दै प्रश्न उठाएपछि उनले आफूले फरक मत राखेको सुनाए ।
उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरू उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ । तपाईँहरूले जे कुरा उठाउनुभएको छ, मेरो फरक मतको मूल विषय पनि त्यही थियो । अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरूलाई काठमाडौँमा तपाईंहरुलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढङ्गले राख्नुपर्छ । राख्नेमात्रै होइन गराउने पनि हो ।’
उनले पार्टीको निर्णयबाट सिंगो देशको प्रतिनिधित्व गर्छौँ भनेर काँग्रेसले देखाउनुपर्ने बताए । महामन्त्री थापाले भने, ‘काठमाडौँमा ठूला नेताहरूको गुटमा लागेर केही काम छैन । सबैले आफ्नो घर वरिपरि घुमाएर तपाईँलाई थाङ्नामा सुताइदिने हो । त्यसैले आफ्नो घर आफैँले बलियो बनाउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा