कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, १२ : २६
कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका

काठमाडौँ । कुष्ठरोग लागेका नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् । पछिल्लो पटक २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएकामध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू हुन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार शून्यदेखि १४ वर्ष उमेरका बालबालिकामा ८ जना फरक क्षमता भएका छन् । फेला परेका कुष्ठरोगका बिरामीमध्ये १ सय ८१ जना बालबालिका छन् । तीमध्ये ८ जना फरक क्षमता भएको शाखाले उल्लेख गरेको छ । 

२५ सय २२ जनामा कुष्ठरोगका नयाँ बिरामीमध्ये २५ सय १० जना उपचाररत रहेको शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस