राजनीतिको कोर्स परिवर्तन आजको आवश्यकता हो : पद्‌मा अर्याल

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १६ : ५३
राजनीतिको कोर्स परिवर्तन आजको आवश्यकता हो : पद्‌मा अर्याल

बुटवल। नेकपा (एमाले)की सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्‌मा अर्यालले देश बचाउने जिम्मा एमालेको काँधमा आएको बताएकी छिन् ।एमाले लुम्बिनी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतवार बुटवलमा सम्बोधन गर्दै उनले पछिल्ला तथ्याङ्कले डरलाग्दो अवस्था आएको बताइन् ।

 

'राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना ४ अर्ब कम छ । प्रतिमहिना १ खर्ब १५ अर्ब १४ करोड व्यापार घाटा छ । २० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डर लाग्दो हो’, उनले भनिन्, ‘विभिन्न प्रकारका सूचना लिनका लागि यस प्रकारका माध्यम बनाइएको छ । यो नेपाल कब्जा गर्ने रणनीति हो ।’

 

सम्बोधनका क्रममा उनले भारतले टीआरसी विधेयक टुंगोमा पुर्‍याउन नदिएको दाबी गरिन् ।​​वर्तमान सरकारका सबै कुकर्मलाई जनताका बीचमा राखेर राजनीतिको कोर्स परिवर्तन अबको आवश्यकता रहेको उनको भनाइ थियो । ‘अब मुलुक बचाउने एमालेले मात्र हो’, उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस