मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ : राजेन्द्र लिङ्लेन

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १६ : २१
मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ : राजेन्द्र लिङ्लेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले अहिलको व्यवस्थाका कारण मुलक अफ्ठ्यारो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताए।

राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने विषय नभएको भन्दै उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। उनले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आउनुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस