हाम्रो लागि होइन राष्ट्र र जनताको लागि काम गर्नु छ : कृष्ण सिटौला

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १२ : ०६
हाम्रो लागि होइन राष्ट्र र जनताको लागि काम गर्नु छ : कृष्ण सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताएका छन् । निर्वाचित भइसकेपछि पहिलोपटक झापामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताएका हुन् ।

गगन थापाको ‘संवाद यात्रा’को उद्घाटनका क्रममा उनले भने, ‘ तपाईंहरूको हातमा पार्टी छ । हामीले राष्ट्रको हितमा काम गर्नु छ । हामी हाम्रो लागि होइन राष्ट्र र जनताका लागि छौं ।’ उनले यो यात्रका क्रममा किसान(मजदुरका समस्या बुझ्नु पर्ने सुझाव दिंदै कहाँनिर त्रुटि छ त्यो पत्ता लगाएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस