रक्षा मन्त्री खड्काद्वारा सैनिक इकाइहरुको भ्रमण

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, २० : ०७
रक्षा मन्त्री खड्काद्वारा सैनिक इकाइहरुको भ्रमण

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना बहु व्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको अवलोकन गरेका छन्।

मन्त्री खड्कालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहु व्यवसाय उद्योग परिसरमा स्वागत गर्दै सेनाको बन्दोबस्ती क्षमता अभिवृध्दिमा यी उद्योगको भूमिकाबारे जानकारी दिएका थिए।

उक्त अवसरमा खड्काले बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टबाट हुने उत्पादन, ती इकाइ सञ्चालन, व्यवस्थापन, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी लिएका थिए। अवलोकन भ्रमण टोलीमा रक्षासचिव, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस