चिनियाँ उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १३ : १६
चिनियाँ उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् । उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ ।

सो क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस