हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काङ्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् ।
बिजयी हुनेहरुमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् । बिजयी महिला तर्फकी काग्रेस्की पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काङ्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।
हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने