आइसिसी यू-१९

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १३ : ४४
पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो।

यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो। यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो। सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो। सो विश्वकपमा यो नतिजालाई प्रतियोगिताकै सनसनीपूर्ण मानिएको थियो।

सन् २०१६ को विश्वकपमा भने पाकिस्तानले नेपाललाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस