डोनेट्स्क बजारमा युक्रेनी आक्रमणमा २७ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १३ : ११
डोनेट्स्क बजारमा युक्रेनी आक्रमणमा २७ जनाको मृत्यु

काठमाडौं। युक्रेनी सेनाले डोनेट्स्कको पश्चिममा रहेको बजारमा आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमवार जनाएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा बजारमा भीड लागेको थियो । घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस