विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १२ : ५३
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीया सिमा कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-६ फर्ज्याङपुल नजिकै खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

चितवन, भरतपुर महानगरपालिका-१ नारायणी किनारस्थित हरिहर मन्दिर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस