काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलवार बिहान नेताद्वयबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
झुलाघाट–चिवाभञ्याङ मध्यपहाडी यात्राका क्रममा जनताले दिएका सुझाव बुझाउन गएको बेला ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अन्तिम रूप दिनेलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको ओलीनिकट एक नेताले बताए ।
उनका अनुसार प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुंग्याउन लागेको भन्दै एमालेसँग सहयोग माग गरेका थिए ।राष्ट्रिय सभामा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि नेताद्वबीच भेट भएको थिएन । त्यसअघि एमालेको तर्फबाट ओलीले प्रचण्डलाइ ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद