देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १३ : ५३
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका-३ ओझाखाली बस्ने ४५ वर्षीय जयराम डगौरा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ सिक्रेटार बस्ने ४६ वर्षीया कमला आङ्देम्बे सोही ठाउँस्थित नालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको कंचनरुप नगरपालिका-१२ स्थित माथिलो मैना तर्क जंगलमा पनि ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस