काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको पोर्टलबाट सामाजिक सञ्जाल सम्बन्धी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको हो ।
मन्त्रालयको वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता लिङ्कमा गएर सामाजिक सञ्जाल सम्बन्धी गुनासोको विवरणहरू प्रविष्ट गर्न सकिने मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए । सरकारले जारी गरेको सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका अनुसार बनेको सामाजिक सञ्जाल व्यवस्थापन इकाइले अनलाइन मार्फत आएको गुनासोहरूको सम्बोधन गर्ने छ ।
सामाजिक सञ्जाल सम्बन्धी गुनासो सम्बोधनका लागि आइतबारबाट यो सेवा सुरु भएको हो । गुनासो दर्ताका लागि सबै मन्त्रालयमा आउन सम्भव नहुने भएकाले अनलाइनबाटै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको हो ।
गुनासो गर्ने व्यक्तिले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, गुनासो गर्ने सामाजिक सञ्जाल, इमेल ठेगाना, यसअघि गुनासो गरेको भए त्यसको विवरण, गुनासोलाई पुष्टि गर्ने कागजातहरू राख्नु पर्ने छ । मन्त्रालयको वेबसाइट मार्फत प्राप्त भएका गुनासोहरू सामाजिक सञ्जाल व्यवस्थापन इकाइले सम्बन्धित निकायमा पठाउने इकाइका संयोजक समेत रहेका पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५० लाख ठगी गर्ने चार जना पक्राउ
स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक
तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न निर्देशन
सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको समय
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत
धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपिल