मेकरहरुले बनाउलान् सलारको तेस्रो भाग ?

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १२ : ००
मेकरहरुले बनाउलान् सलारको तेस्रो भाग ?

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सलारले रिलिज हुनेबित्तिकै एकपछि अर्काे गर्दै कयौं रेर्कड तोडिदियो । फिल्म २०२३ को ब्लकबष्टर फिल्म मध्ये एक बन्यो । नयाँ वर्षमा पनि फिल्मको कमाई जोरदार रह्यो । फिल्मले अहिले ओटीटीमा धमाल गरिरहेको छ ।  नेटफ्लिक्समा फिल्मको स्ट्रिमिङ भइरहेको छ । फिल्मलाई दर्शकले निकै मन पराए ।

मेकहरुले अब फिल्मको दोस्रो भागमा काम शुरु गरेका थिए । यो फिल्मलाई २०२५ मा रिलिज गरिने खबर सुन्नमा आइरहेको छ । यसैबीच सालारका फ्यानहरुलाई अर्को खुबीको खबर आएको छ । जसअनुसार फिल्मको तेस्रो भाग पनि आउन सक्नेछ । सलारको सफलता र ओटीटी रिलिजको उत्सब मनाउन निर्देशक प्रशान्त नीतकी पत्नी लिकिथाले इन्ष्टाग्राममा ‘आस्क मि एनीथिङ्ग’ सेशन राखेकी थिइन् । यही बेला फ्यानहरुले उनीसँग फिल्मबारे कयौं प्रश्न सोधेका थिए । फ्यानले सोधेका रोचक सवालमा लिकिथाले रमाइलो प्रतिक्रिया दिएकी थिइन् ।

एक युजररले सेशनमा सलारको तेस्रो पार्ट पनि बन्छ ? भनेर सोधेका थिए । यसको जवाफमा लिकिथाले स्पष्ट रुपमा बन्दैन भनिनन्, न त सम्भावनालाई नकारिन् । यसको उत्तर सलार पार्ट २को अन्त्यमा थाहा हुने उनले बताइन् । अखिल अक्किनेनी सलार पार्ट २ मा कोही भूमिका निभाउँछन् त भनेर अर्का युजरले सोधेको प्रश्नमा उनले यसलाई पूरै अफवाह बताइन् । सुन्नमा आएअनुसार नील र उनको टिमले पहिला नै दोस्रो भागको केही दृश्य शूटिङ गरिसकेका छन् । फिल्मको टीजरमा देखिएका गोलीबारीका केही दृश्य दोस्रो भागको सिन जस्तो देखिएको थियो ।

अहिले सलार टिम फिल्मको सफलता ‘सेलिब्रेट’ गरिरहेको छ । हालै मात्र बैंगलुरुमा फिल्मको सक्सेस पार्टीको आयोजना गरिएको थियो । खबरका अनुसार सलार दोस्रो भागको शूटिङ प्रभासको आगामी फिल्म पूरा भएपछि शुरु हुनेछ । अहिले प्रभास कल्कि २८९८ एडीको शूटिङमा व्यस्त छन् । यसबाहेक उनको लिष्टमा निर्देशक मारुतिको हरर कमेडी फिल्म पनि छ ।

प्रतिक्रिया दिनुहोस