चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, ११ : ३९
चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

चितवन । गामवेशी चेपाङ संरक्षण केन्द्र चितवनका बालबालिकाहरूका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ साझा फूलबारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा केन्द्रका झन्डै एक सय ५० चेपाङ बालबालिकाहरूका लागि उक्त सामग्री सहयोग गरिएको हो ।

शिक्षामा सहयोग भन्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मूल नारा अनुसार चेपाङ बालबालिकाहरूलाई खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको हो । क्लबका अध्यक्ष कमल बहादुर खत्री, डिस्ट्रिक्ट चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरणको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरिएको हो ।

केन्द्रका अध्यक्ष केपी किरणले सहयोगको लागि क्लब साझा फूलबारी र कामना स्कुल परिवारलाई धन्यवाद दिए । कार्यक्रममा क्लब अध्यक्ष कमल बहादुर खत्री र कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्ट चिफ एडभाईजर ईश्वर अर्यालले चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरणको प्रशंसा गरे ।

 

प्रतिक्रिया दिनुहोस