मोरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी कार्यलय बिराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतासम्म पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।
सिंहले कोशी प्रदेशबाट उमेदवार रहेका गठबन्धन उमेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह