दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।
सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ