काठमाडौँ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो।
ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।
एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ