सुनसरी । पुर्वकै ठुलो स्वास्थ्य संस्था बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समस्या भएको छ । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त छदैछ उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या भएको छ । सुरक्षित मातृत्वको कुरा गरिरहदा पुर्वको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रसुती विभागमा प्रसुती गराउन आउनेको चाप बढेर निकै ठुलो समस्या सृर्जना भएको छ ।
नेपालकै ठुलो अस्पताल बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागमा प्रसुती गराउन आउने विरामीको चापले ठुलो समस्या सिर्जना भएको छ । रेफरल अस्पताल भएकोले पनि विरामीको चाप वढनु स्वभाविक हो तर पछिल्लो समय प्रसुती विभागमा विरामीको चाप अत्याधिक बढेको कारण विरामीलाई बेड अभाव हुनुको साथै विरामी एउटै बेडमा २,२ जना राखेर भुईमा अनि करिडोरमा राखेर उपचार गर्न चिकित्सक बाध्य छन् । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागको छुट्टै आकस्मिक कक्ष छ । प्रसुती विभागको आकस्मिक कक्षमा ७ वटा मात्रै बेड संख्या छ । यही बेडमा अहिले दुई दुई जना रखेर उपचार गर्नुपर्ने बाध्यता सृजना भएको छ । प्रतिष्ठानको प्रसुती विभागमा जम्मा १ सय ४७ बेड संख्या छ । यहाँ प्रसुती मात्रै हेरिदैन ।

महिला तथा स्त्री रोग पनि हेरिने र यही गाईनो वार्डमा राखेर उपचार गर्नुपर्ने भएकोले पनि यो विभागमा अलि बढीनै विरामीको चाप बढेको हो । प्रसुती विभागमा भनेको बेलामा उपचार नपाउने समस्या त छदैछ अझ महिलाले बच्चा पाउने समय नाघ्दा पनि उपचारका लागि विरामीलाई अस्पतालमा भर्ना गर्न समस्या हुनेगरेको छ । सरकारले अनिवार्य स्वास्थ्य संस्थामा प्रसुती गराउनुपर्ने भनीरहेको बेलामा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने विरामीको चापको कारण बेड अभावले गर्भवती महिलाहरुको उपचार राम्रो संग हुन सकिरहेको छैन । बेड अनुसार भर्ना भएका विरामीले राम्रो स्वास्थ्य सेवा पाएका छन् । तर बेड अभावका कारण कत्ति गर्भवती महिला त्यसै फर्किनु पनि परिरहेको छ ।
बिरामीको चापको कारण चिकित्सकले पनि उपचारमा समस्या झेल्नुपरेको चिकित्सकहरु बताउँछन् । आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर जसरी पनि चिकित्सकले भुईमै राखेर पनि विरामीको उपचार भने गरीरहेका छन् । अहिले दैनिक प्रतिष्ठानको आकस्मिक कक्षमा कत्ति विरामीको उपचार हुदै आएको छ त ? बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रतिष्ठान सिनेट सदस्य समेत रहेका प्रसुती विभाग प्रमुख प्राध्यापक डाक्टर मोहन चन्द्र रेग्मी । जतिनै भीडभाड र विरामी संख्या बढेको भए पनि भुईमै राखेर पनि आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गरेर उपचार गरिरहेको प्रतिष्ठान सिनेट सदस्य समेत रहनुभएका प्रसुती विभाग प्रमुख प्राध्यापक डाक्टर मोहन चन्द्र रेग्मी बताउँछन् । पछिल्लो समय साच्चै प्रतिष्ठानको प्रसुती बिभागमा विरामी संख्या बढेको छ । ओपिडीमा स्वास्थ्य परिक्षण गराउनेको संख्या पनि त्यतिनै बढेको छ । अन्य अस्पतालबाट रिफर भएर आउने गर्भवतिहरुका कारण बढेको चाप थेग्न नसक्दा वेड अभावकै कारण प्राय विरामी, चिकित्सक र नर्स वीच विवाद पनि हुने गरेको छ । प्रतिष्ठानस्थित प्रसुती विभागको दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौविस घण्टामा ६० देखि ८० जना प्रसुतीकालागि आइपुग्ने गरेका छन् । उनीहरुलाई व्यवस्थापन गर्न जहिले पनि हम्मे हम्मे पर्ने गरेको छ ।

प्रतिष्ठानकै ओपिडी र बाहिर जिल्लाबाट रिफर भएर इमर्जेन्सी प्रसुती गराउनै पर्ने नयाँ गर्भवतिहरुको संख्या दैनिक ७५ देखि ८० जना बढी हुने गरेको छ । अब बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यस्तो समस्यालाई प्रतिष्ठानले कसरी लिएको छ त ? बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल प्रवक्ता पशुपती चौधरी ।
ओपिडीमा प्रसुती समस्या लिएर आउनेको संख्या दैनिक सरदर ६ सयजना रहेको छ । प्रतिष्ठानमा दक्ष जनशक्ति पर्याप्त हुँदाहँुदै पनि बेड अभावकाबीच चारगुण बढी विरामीको चाप चिकित्सकले थेग्न सकेका छैन्नं । प्रतिष्ठानको प्रसुतीविभागमा गर्भवति विरामीको चाप अहिलेमात्र बढेको होइन । आधादशक अघिदेखि नै चाप बढेको हो ।
अत्याधिक चाप बढेपछि दुई बर्षअघिदेखि चार सय बेडका अलग्गै मातृशीशु स्याहार केन्द्र (एमसिएच) भवन निर्माण प्रतिष्ठानले ०७३ असार २८ गते देखि सुरु गरेको थियो । तर केज कन्सल्ट्यान्ट रहेको शर्मा–रसुवा जेभी काठमाण्डुलाई ७२ करोडमा बनाउन दिएपनि सिनेटमा पास नगरी अघिल्ला उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले दुइ अर्व ४८ करोड रुपैयाँको टेण्डर गरेको भनेर विवाद भएपछि भवन निर्माण कार्य एक बर्षदेखि रोकिएको छ । यसरी सरकारले आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दे हरेक गर्भवती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माउन अनुरोध गरीरहेको बेलामा प्रतिष्ठानमा उपचारका लागि आईपुगेका गर्भवती महिलाहरु बेड अभावका कारण उपचार पाउन सकेका छैनन् । यस बारेमा प्रतिष्ठानलाई हेर्ने सरकारी निकायको छिटो भन्दा छिटो ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस