काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १२ : १६
काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। काभ्रेको पाँचखाल नगरपालिका – ७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुस) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो।

बलात्कार आरोपमा पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र एक किशोर छन्।

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।