प्रमुख दाहालको सक्रियतामा नियन्त्रणमा आयो नारायणी नदी कटान

विहीबार, २१ भदौ २०७५, १७ : १८
प्रमुख दाहालको सक्रियतामा  नियन्त्रणमा आयो नारायणी नदी कटान

चितवन । भरतपुर महानगरपालिकाले सम्पूर्ण स्रोत र साधन परिचालन गरेपछि नारायणी नदी कटान नियन्त्रणतर्फ गइरहेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले सम्पूर्ण स्रोत र साधन परिचालन भएपछि भरतपुर महानगरपालिका २७ र २८ को सीमानामा पर्ने न्यूरे चोकमा भएको कटान नियन्त्रणतर्फ गइरहेको बताउनुभएको छ । बिहिबार बिहान नदी कटान क्षेत्रमा नदी नियन्त्रणका लागि भइरहेको कामको अवलोकन गर्दै दाहालले नियन्त्रणको काम तदारुपताकासाथ अगाडि बढाउन निर्देशन दिनुभयो । भरतपुर महानगरपालिकाका  कर्मचारी, नदी नियन्त्रण कार्यालयका प्राविधिक, नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी र स्थानिय जनसमुदायहरु नदिकटान नियन्त्रणमा खटिएका छन् । ‘महानगरको जेसीभी, टिपर, टयाक्टर प्रयोग गरी  तार–जालिमा ढुङ्गा भर्ने, गिटी–बालुवा बोरामा भरेर पर्खाल लगाउने कामहरु भएका छन् ।’ प्रमुख दाहालले भन्नुभयो । अहिलेलाई नदी कटान रोकियो हिउँद लागे लगत्तै नदीले भत्काएको ड्याम निर्माण हुन्छ । नदिकाटान क्षेत्रको रोकथाम कार्यको निरिक्षण गर्ने क्रममा रोकथामको लागि भैरहेको प्रयासको सराहाना गर्दे रोकथाममा खटिएकाहरुको प्रशसा समेत गर्नुभयो ।

भरतपुर महानगरपालिका प्रमुख प्रसाशकिय अधिकृत नेत्र प्रसाद सुबेदी, वडा अध्यक्षहरू अरूण पिडित भण्डारी, चित्रसेन अधिकारी, पदमपाणी सुबेदी, जयराम श्रेष्ठ, आस बहादुर कुमाल, गोबिन्द तामाङ्ग भरतपुर महानगरपालिकाका प्राबिधिक प्रमुख लगायतको टोलि कटान रोकथाम तथा नियन्त्रणको अवलोकन गर्न पुगेको थियो ।

भरतपुर महानगर २७ का वडाध्यक्ष गोविन्द तामाङले सुरक्षाकर्मीलगायत सम्पूर्ण मानवस्रोत परिचालन गरेर कटानलाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानीको बहाब पनि घटेको छ, खतरा पनि टर्दै गएको छ । अहिले पानीको बहाब बढेको छैन, महानगरलगायत स्थानीय स्रोतले कटान नियन्त्रण गर्नको लागि गरिएका कामहरु प्रभावकारी भइरहेका छन् ।’ डुबान हुन सक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सुरक्षित ठाउँको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

भरतपुर महानगरपालिका २८ का वडाध्यक्ष आशबहादुर कुमालले पछिल्लो समय सबैको प्रयासबाट नारायणी नदी कटान हुने क्रम रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्काल कटान त रोकिएको छ, तर यहाँ मजबुद तटबन्ध गर्नुपर्छ । यसको लागि ठूलो लगानी गर्न आवश्यक छ ।’ उहाँका अनुसार बोरा, तारजाली, रुखहरु ढालेर अहिलेलाई कटान रोकिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नं २७ र २८ साविक मेघौली गाविसको न्यूरेचोकमा नारायणी नदीले गरेको कटान क्षेत्रमा तीन दिनदेखि रोकथामको प्रयास भइरहेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कटान क्षेत्रमा सम्पूर्ण स्रोत र साधन परिचालन गरी नियन्त्रण गर्न निर्देशन दिएपछि कटान क्षेत्र नियन्त्रण तर्फ गएको हो ।


 

 
 

प्रतिक्रिया दिनुहोस