काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ । परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई-पेमेन्टकाे सुविधासहित सेवा दिने भएको हो ।
यसको कार्यान्वयन विधिसहित विस्तृत जानकारी www.tuexam.edu.np मा माघ १० गतेका दिन दिइने पनिकाले जनाएको छ। यसअघि हिजो सोमबार अनलाइन डेमाे गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यी १० वटा सेवा अब अनलाइनबाटै दिने