काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुने गरी अनलाइन सेवा दिन लागिएको हो ।
परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौँ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो । त्रिवि रजिष्ट्रेशन आवेदन फाराम, परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागी आवेदन फाराम, शैक्षिक कागजातमा नामर/रजिष्ट्रेशन लगायत सच्चाउने फाराम, विभिन्न सिफारिस पत्रहरू, प्रमाणपत्रहरूको प्रमाणिकरण र प्रतिलिपि ट्रान्सक्रिप्ट र मार्कसिट अनलाईनबाटै दिइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १३ : ५२
लेखकबाट थप