मेस्सीलाई 'फिफा वेस्ट अवार्ड'

एजेन्सी

मंगलबार, ०२ माघ २०८०, १० : २५
मेस्सीलाई 'फिफा वेस्ट अवार्ड'

File pic

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार लन्डनमा भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन् । एमबाप्पे तेस्रो भए ।

सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै गोलकिपरको अवार्ड जितेका छन् ।

स्पेनी ऐटाना बोनमटी फिफा वेस्ट २०२३ अवार्ड जितेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरूबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गरिन्छ। मेस्सी बालन डि’ओर का कीर्तिमानी ८ पटकका‌ विजेता हुन् ।