मेलम्ची उद्घाटन होइन, पुन: वितरणमात्रै : प्रकाशमान सिंह

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, ११ : २८
मेलम्ची उद्घाटन होइन, पुन: वितरणमात्रै : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरू गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए । मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभइ पुनः वितरणमात्रै गरिएको उनको प्रष्टोक्ति थियो ।

सिंहले भने, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजनामात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्रीज्यू यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउण्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजनामात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस