काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गरेको छ । आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो ।
जसअनुसार मधेस प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक बोलाइएको जानकारी गराइएको छ । पार्टीको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्दै आगामी माघ ६ गते बिहान ११ बजे पार्टी प्रदेश कार्यालय जनकपुरमा सांगठनिक तथा राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको जानकारी गराइएको हो ।
त्यसैगरी आसन्न माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका कोसी प्रदेश, मधेश प्रदेश, लुम्विनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने निर्णय सर्कुलर गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
साथै जसपा, नेपालको विधान २०८० को धारा ५४ (३) अनुसार राष्ट्रिय समिति गठनका सन्दर्भमा सीमा जोडिएका तर ऐतिहासिक थातथलो दुई वा दुई भन्दा बढी प्रदेशमा खण्डीत भएको स्थितिमा सीमा जोडिएका पालिका प्रतिनिधिहरु जातीय वा सामुदायिक वाहुल्यताका आधारमा आ–आफ्नो पहिचानमा आधारित राष्ट्रिय समितिमा संगठित हुन सक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
जसपा सङ्घीय परिषद्को बैठक सुरु
आजबाट जसपाको संघीय परिषद् बैठक
जसपा नेतृ सिंहले फायर गरेको पेस्तोल सर्लाहीबाट बरामद