सर्वोच्चको गेट अगाडि मट्टीतेल छर्किएर एक महिलाद्वारा आत्मदाहको प्रयास

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, १४ : ३०
सर्वोच्चको गेट अगाडि मट्टीतेल छर्किएर एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौँ । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।

उनले आत्मदाह गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ । उनलाई वीर अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले  जानकारी दिए । गिरी र रावलबिच विवाद रहँदै आएको छ ।