विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्ने अनेरास्ववियुको माग

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, १२ : ४२
विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्ने अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने बताएको छ।संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा आफ्नो धारणा राख्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा नीजि लगानि बन्द गरिनुपर्ने कताएका हुन्।

नीजि लगानीका विद्यालय शैक्षिक गुठीमा जानुपर्ने भनिएकोमा यसले निजि विद्यालयथप खोल्न प्रोत्साहन गरेको बताए।विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्छ भन्ने सुझाव रहेको बताए। कम्पनी एन अनुसार दर्ता भएका नीजि विद्यालयहरू सार्वजनिक शैक्षिक गुठीमा जानुपर्ने ब्यवस्था लागुगर्नुपर्ने बताए।

 

विधेयकको प्रस्तावनामै त्रृटी भेटिएको भन्दै त्यसमा नै संशोधन गरिनुपर्ने बताए। शिक्षकको हकमा अहिलेको अवस्थामा नै शिक्षक पाउन गाह्रो भईरहेको अवस्थामा विधेयकमा उल्लेख भए अनुसार गरिए झन समस्या हुने बताए। 

 

परीक्षाको सन्दर्भमा समेत विद्यार्थीको मस्तिष्कसँग जोड्नुपर्ने बताए। सार्वजनिक क्षेत्रमा रहेकाहरूका छोराछोरीको हकमा अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था अनिवार्य रूपमा विधेयकमै राखिनुपर्ने अनेरास्ववियुको सुझाव रहेको छ। 

विद्यालय शिक्षाको पाठ्यक्रम मौलिकता झल्काउने खालको हुनुपर्ने बताए।ग्रामीण क्षेत्रमा कुल बजेटको २० प्रतिशत र सहरी क्षेत्रमा कुल बजेटको एक तिहाई बजेट अनिवार्य गरेर विधेयकमा नै राखिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस