प्रधानमन्त्री कप : लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायो

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, १५ : ५७
प्रधानमन्त्री कप : लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायो

सिद्धार्थनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । गण्डकीले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।

लुम्बिनीका लागि मृणाल गुरुङले सर्वाधिक ४७ रन बनाए । उनलाई एमडी हुसैनले २१ रन बनाउँदै राम्रो साथ दिए । विराट भण्डारीले १० रन बनाए । गण्डकीका लागि विपिन खत्री र कमल परियारले ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३४.४ मा सबै विकेट गुमाएर १ सय ११ रनमा सीमित बनेको थियो । गण्डकीका लागि करण पङ्गेनीले सर्वाधिक २८ रन बनाए । त्यस्तै, कृष्ण अयरले १९ तथा समीर कँडेल र अमृत गुरुङले १३–१३ रनको योगदान दिए ।

लुम्बिनी प्रदेशका लागि अजय चौहानले सर्वाधिक ४ विकेट लिए भने अभिषेक गौतम र एमडी हुसैनले २–२ विकेट लिए । कृष्ण कार्की र नर सार्कीले १–१ खेलाडीलाई आउट गरे ।

प्रतिक्रिया दिनुहोस