काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका छन् । उनले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका हुन् ।
अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरूले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् ।
उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् ।
तपाईँहरूको क्षेत्रमा आफै विज्ञ हो उनले भने, ‘राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली
वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट भएन : ओली