काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका छन् । उनले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका हुन् ।
अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरूले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् ।
उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् ।
तपाईँहरूको क्षेत्रमा आफै विज्ञ हो उनले भने, ‘राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप