काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से एकल अंकले बृद्धि भयो । यस दिन नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ ।
मंगलबार नेप्से २०.२९ अंकले बढेर २०७९ विन्दुमा पुगेको थियो । स्टक मार्केटमा बुधबार एक करोड ३४ ललाख ७७ हजार ८०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४७ लाख ७८ हजार ६१९ रुपैयाँको कारोबार भयो । नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सोमबारदेखि लगातार उकालो लाग्ने क्रममा रहेपनि उपसूमहरुमा उतारचढाव कायमै छ ।
मंगलबार तेहरो अंकको वृद्धि देखिएको जीवन बीमा उपसमूह बुधबार दोहोरो अंकले ऋणात्मक देखिएको छ । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा उपसमूह पनि दोहोरो अंकले ऋणात्मक देखिएका छन् ।
यस्तै, वित्त र लगानी उपसमूह पनि ऋणात्मक भएका छन् । यस दिन बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहमा भने दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार ऋणात्मक देखिएको म्युचुअल फण्ड सामान्य बढ्दा व्यापार उपसमूहमा पनि सामान्य उत्साह छाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार