भरतपुर । मानव बेचविखन तथा महिला हिंसा विरुद्धमा काम गरेका चितवनका १० वटा संस्थाले मानव बेचविखन तथा ओसारपसार विरुद्ध अभियान चाल्नुपर्ने बताएका छन् ।
मानव बेचविखन तथा महिला हिंसा विरुद्धमा काम गरेका १० वटा संस्थाले मानव बेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसरमा सरोकारवालासँग गरेको अन्तक्रिया कार्यक्रममा वक्ताहरुले चितवनमा पनि मानव बेचविखन तथा ओसारपसार बढिरहेको भन्दै यसविरुद्ध अभियान चाल्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिको प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, जिल्ला न्यायधिवक्ता परमेश्वर पराजुली, जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौर, वार एशोसिएसनका अध्यक्ष कमलराज पाठकलगायतले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस