काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच भएको सम्झौताका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै पौने १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री/सचिव(कृषि विकास), कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसीइ नेपाल लगायतका विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन एजेण्डा
शिक्षासहित तीन संसदीय समितिको बैठक बस्दै
आज पाँचवटा संसदीय समितिका बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा संसदीय समितिको बैठक बस्दै
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची