बालेनको एक्सन : प्रमुख प्रशासकीय अधिकृतको मूलगेटमा ताला

पत्रपत्रिकाबाट

बुधबार, २५ पुस २०८०, ०८ : २४
बालेनको एक्सन : प्रमुख प्रशासकीय अधिकृतको मूलगेटमा ताला

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहको सचिवालयको निर्देशनमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको मूलगेटमा ताला लगाइएको छ।

सचिवालयको निर्देशनमा सोमबार ताला लगाइएको हो। मेयर शाहकै आग्रहमा अधिकारी हाल बिदामा छन्।

कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा गलत गरेको जानकारी मेयर साहले पाए पनि छानबिन समितिको निर्णयपछि मात्र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई राख्ने वा हटाउने विषयमा मेयर शाहले आवश्यक निर्णय गर्ने तयारीमा रहेको बताइएको छ। तर, अधिकारी छानबिन समितिले प्रतिवेदन तयार नगर्दै कार्यालयमा आउन कसरत गरेपछि सचिवालयले ताला लगाएको हो। नेपाल समाचारपत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस