काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले यसलाई कम गर्न सबै पक्षको सहयोगको आवश्यक रहेको बताउनु भएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले यस क्षेत्रमा क्रियाशील संघ संस्थालाई आवश्यक पर्ने नीति निर्माणलगायत काममा मन्त्रालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री थापाले तीनै तहका सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले समाजमा मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण गर्नका लागि सचेतनाको आवश्यकता रहेको धारणा राख्नुभयो ।
दिवसका अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा प्रभातफेरी सहित बिशेष कार्यक्रमको आयोजना गरेको थियो । भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगी कार्यक्रममा परिणत भएको हो ।
प्रतिक्रिया दिनुहोस