१६ जना डीआईजीको सरुवा

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०८०, १९ : २५
१६ जना डीआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय  प्रमुख पनि फेरिएका छन् ।

गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस