काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टीकाराज राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घुस लिएको आरोपमा पक्राउ परेका राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार उनीहरूलाई गत मंसिर १४ गते अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
राई र सुनुवारले आपसी मिलोमतोमा नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ घुस लिएको आयोगको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो