काठमाडौं। कोशी प्रदेश सभा सभामुख चयन प्रक्रिया आजैदेखि शुरू हुने भएको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सभामुख चयन प्रक्रियामा लैजाने निर्णय गरेको हो ।प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा सभामुख चयन प्रक्रिया शुरू गर्ने तय भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।
११ बजे कार्यसूची प्रकाशन गर्ने उनले बताइन् । सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरू छलफल गरिरहेका छन् ।कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको छ ।
नेपाली कांग्रेस र एमाले संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले भने सभामुख आफूले लिने निर्णय गरिसकेको छ । प्रमुख विपक्षी नेकपा (एमाले)को बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।
एमालेले प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफूहरू छलफलमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग